वीरगंज, २७ जेठ — मन्थली नगरपालिका–१, रामेछापका ८२ वर्षीय जेष्ठ नागरिक जेठ २४ गतेदेखि हराइरहेका थिए। सूचना प्राप्त भएअनुसार जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको टोली र निजका आफन्तहरूको सहयोगमा खोजी कार्य थालिएको थियो।
अनुसन्धानको क्रममा वीरगंज महानगरपालिका–१५ स्थित लामा होटल क्षेत्रमा उनी फेला परेका हुन्। पर्सा प्रहरीले उनलाई आफन्तको जिम्मा लगाई घर फर्काइएको जनाएको छ।
प्रहरीले हराएका नागरिक फेला पार्न प्रहरी तथा सर्वसाधारणबीचको सहकार्य महत्वपूर्ण हुने जनाएको छ।

























