तस्विर : जिल्ला प्रहरी कार्यालय, पर्सा

वीरगंज, ३० जेठ – विपद् व्यवस्थापनको तयारीस्वरूप आगलागि नियन्त्रणसम्बन्धी संयुक्त अभ्यास बिहीवार सम्पन्न भएको छ।

अभ्यास जिल्ला प्रहरी कार्यालय, पर्सा र मधेश प्रदेश विपद् व्यवस्थापन गुल्म जनकपुर (हाल वीरगंज) को संयुक्त समन्वयमा सम्पन्न भएको हो।

विज्ञापन

विपदजन्य आगलागिका घटनाबाट हुने क्षति न्यूनिकरण गर्ने उद्देश्यले आयोजना गरिएको उक्त अभ्यासमा ‘Fire Extinguisher’ प्रयोग विधिबारे ‘Demonstration’ तथा तालिम प्रदान गरिएको थियो।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका सशस्त्र प्रहरी निरीक्षक (सिप्रअ) को कमाण्डमा ५५ जना, विपद् व्यवस्थापन गुल्म जनकपुरबाट (जुप्रअ) २५ जना र स्थानीय १५ जना गरी कुल ९५ जनाको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूलाई आगलागि हुनासाथ प्राथमिक चरणमा अपनाउनुपर्ने उपायहरू, सुरक्षित रूपमा आगो निभाउने तरिका र ‘Fire Extinguisher’ को प्रयोग विधिमा व्यवहारिक अभ्यास गराइएको थियो।

यस प्रकारको अभ्यासले पर्सा जिल्लामा आगलागिका सम्भावित घटनाहरूको जोखिम न्यून गर्न तथा जनस्तरमा सचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here