अभितक, वीरगंज, ३० जेठ – औषधिको मूल्य निर्धारण शिफारिस समितिले सम्पूर्ण सरोकारवालाको सहभागिता विना, एकतर्फी रूपमा प्रतिवेदन तयार पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाएको भन्दै औषधि व्यवसायीहरुले कडा विरोध जनाएका छन्।

नेपाल औषधि व्यवसायी सङ्घ (NVMIA) सहित औषधि क्षेत्रका १० वटा संगठनले संयुक्त रूपमा दिएको अल्टिमेटमलाई समेत सरकारले बेवास्ता गरेपछि आज वीरगंजमा मौन धर्ना कार्यक्रम सम्पन्न गरिएको हो।

विज्ञापन

नेपाल औषधि व्यवसायी सङ्घ, मधेश प्रदेशका महासचिव पप्पुकुमार झाका अनुसार आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म औषधि व्यवस्था विभाग, शाखा कार्यालय, वीरगंज अगाडि मुखमा कालो पट्टी बाँधी मौन धर्ना गरिएको हो।

धर्नामा सहभागी सरोकारवाला सङ्घ-संस्थाहरूमा APPON, NCDA, MiAN, NMA, PDAN, AMPAN, VECDAN, CHEMSAN, APHIN र NVMIA रहेका छन्। उनीहरूका अनुसार मूल्य निर्धारण समितिले औषधि वितरण प्रणालीमा प्रत्यक्ष सरोकार राख्ने सङ्घ-संस्थाहरूलाई पूर्ण रूपमा बेवास्ता गर्दै मन्त्रालयलाई समेत भ्रममा पार्ने ढंगले कार्य गरेको छ।

सरकार र सम्बन्धित निकायले समस्या समाधान गर्न गम्भीरता देखाएन भने संगठनहरूले आगामी दिनमा अझ कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।

स्वास्थ्य सेवा र औषधि आपूर्तिमा असर पर्ने जोखिमलाई ध्यानमा राख्दै सरकारले यथाशीघ्र सरोकारवालासँग समन्वय गर्नुपर्ने माग उठेको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here