मधेश प्रदेश सभा सदस्य सरोजसिंह कुशवाहा । तस्विर : फाइल

जनकपुरधाम, ३० जेठ — मधेश प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रदेशसभा सदस्य सरोजसिंह कुशवाहा घुस प्रकरणमा मुछिएपछि निलम्बनमा परेका छन्। बिहीबार काठमाडौँको अनामनगरबाट पक्राउ परेका कुशवाहालाई शुक्रबार प्रदेशसभामा औपचारिक रुपमा निलम्बन गरिएको छ।

सभामुख रामचन्द्र मण्डलले शुक्रबार प्रदेशसभाको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त निलम्बनसम्बन्धी पत्र वाचन गर्दै कुशवाहाको सांसद पद निलम्बनमा परेको जानकारी दिएका हुन्।

विज्ञापन

महोत्सरी क्षेत्र नम्बर ४ (२) बाट निर्वाचित कुशवाहाले विभिन्न उपभोक्ता समितिहरू गठन गरी तिनका नाममा स्वीकृत रकमहरू आफ्ना निजी सचिव विनोदलाल कायस्थमार्फत चलाएको अख्तियारको अनुसन्धानबाट खुलेको छ। अनुसन्धानमा कायस्थको खातामा जम्मा भएको रकम अन्ततः कुशवाहाको व्यक्तिगत खातामा ट्रान्सफर गरिएको पुष्टि भएको छ। कायस्थलाई केही दिनअघि नै महोत्तरीबाट पक्राउ गरिएको थियो।

प्रदेशसभामा कुल १०७ जना सांसद छन्, जसमा कुशवाहासहित भ्रष्टाचारका कारण निलम्बनमा पर्ने सांसदको संख्या तीन पुगेको छ। कुशवाहाभन्दा अघि दिपेन्द्र ठाकुर र अभिराम शर्मा निलम्बनमा परिसकेका थिए। यस घटनाले मधेश प्रदेशको राजनीतिक तथा प्रशासनिक सन्तुलनमा गम्भीर प्रश्न उठाएको छ।

 

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here