वीरगंज, ३१ जेठ — मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र मधेश प्रदेशका केही स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
कोशी प्रदेशका पहाडी क्षेत्रहरूमा एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा वा हिमपात हुन सक्ने उल्लेख गरिएको छ।
आज राति पनि कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा वर्षा सम्भावित रहेको छ। कोशीका केही स्थान र अन्य प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।
हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा मनसुनी वायू सक्रिय रहेको जनाइएको छ। देशको पश्चिमी भागमा भने पश्चिमी र स्थानीय वायूको प्रभाव रहेको महाशाखाले जनाएको छ।

























