वीरगंज, ३० जेठ – वीरगंज महानगरपालिका क्षेत्रभित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू थप ६ दिनका लागि बन्द गरिने भएको छ। गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने देखिएपछि असार १ गते आइतबारदेखि असार ६ गते शुक्रवारसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।

वीरगंज महानगरपालिकाको शिक्षा शाखाले शुक्रवार सूचना जारी गर्दै अत्यधिक गर्मीले विद्यार्थीहरूको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्ने भन्दै सावधानी स्वरूप विद्यालय बन्द गर्ने निर्णय भएको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेद्वारा हस्ताक्षरित सूचनामा ६ दिनको बिदाबारे सबै विद्यालय प्रशासनले जानकारी गराइदिन अनुरोध गरिएको छ।

विज्ञापन

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here