वीरगंज, ०१ असार — खानेपानी मन्त्री प्रदीप यादवले वीरगंज महानगरपालिका–४ स्थित त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गतको वीरगंज नर्सिङ क्याम्पसको ​आइतबार निरीक्षण अवलोकन गरेका छन्।

निरीक्षणको क्रममा क्याम्पसमा देखिएको खानेपानीको समस्याबारे गम्भीर छलफल भएको छ। मन्त्री यादवले हाल प्रयोगमा रहेको खानेपानीको ट्याङ्की जीर्ण भइसकेको, पानी चुहिने अवस्था रहेको पाइएको जनाउँदै सो समस्याको शीघ्र समाधान गर्न प्रतिबद्धता व्यक्त गरेका छन्। आवश्यक परेमा नयाँ ट्याङ्की निर्माणसमेत गरिने जानकारी उनले दिएका छन्।

विज्ञापन

त्यसैगरी, क्याम्पस परिसरमा रहेको खुला नाला तथा वरपरको विर्ता बस्तीबाट आउने फोहोर पानीले वातावरण अत्यधिक प्रदूषित बनाएको गुनासो विद्यार्थी र शिक्षकहरुद्वारा उठाइएको थियो। यसलाई गम्भीरतापूर्वक लिँदै मन्त्री यादवले नालाको सरसफाइ, व्यवस्थित ढल निकास तथा दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायलाई तत्काल आवश्यक कदम चाल्न निर्देशन दिएका छन्।

मन्त्री यादवले अध्ययन, अध्यापन तथा स्वास्थ्य सेवा प्रदान गर्ने वातावरणलाई स्वच्छ, सुरक्षित र व्यवस्थित बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताएका छन्। उनले समृद्ध शैक्षिक र स्वास्थ्य वातावरण निर्माणका लागि सहकार्य र समझदारीको भावना साथ अगाडि बढ्न आह्वान गरेका छन्।​

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here