काठमाडौं, ०२ असार — नेपाल राष्ट्र बैंकले आजदेखि दस रुपैयाँ दरका थप १० लाख थान नयाँ नोट चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकको मुद्रण विभागका अनुसार यी नोटहरू क्रमशः नम्बर द३२ ०००००१ देखि प९४ ९९९९९९ सम्मका रहेका छन्।

राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै नोटहरू साबिककै आकार, रंग र डिजाइनमा रहेको जानकारी दिएको छ। नोटमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको छ भने तल्लो किनारमा वि.सं. २०८१ अंकित गरिएको छ।

विज्ञापन

नोटको अगाडिको भागमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालिगुराँसको पानी छाप छ। पछाडिको भागमा माथिल्लो हिस्सामा अंग्रेजीमा “NEPAL RASTRA BANK” लेखिएको छ, मध्यभागमा कृष्णसारको चित्र छ र तल्लो किनारमा “RUPEES TEN” लेखिएको छ।

राष्ट्र बैंकका अनुसार यी नोटहरू चलनचल्तीमा रहेका दस रुपैयाँ दरका पुराना नोटसँगै सँगै प्रचलनमा रहनेछन्। आम सर्वसाधारणले सुरक्षित तरिकाले नोटको प्रयोग गर्न बैंकले आग्रह गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here