|
प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ को मात्रै बेरुजु रकम करोडौँमा देखिएको छ भने सोहि अवधिमा कुल अध्यावधिक बेरुजु अर्बौं छ। पछिल्लो तथ्याङ्कअनुसार सो बेरुजु रकम तीव्र गतिमा बढेको छ, जसमा प्रमुख कारक निवर्तमान र वर्तमान जनप्रतिनिधिहरू रहेका जिल्लावासीहरुको भनाइ छ ।
आव २०८१/८१ तथा सोहि अवधिसम्मको कुल बेरुजु
सुबर्ण गाउँपालिका : २०८०/८१ मा रु ५ करोड ७३ लाख ४९ हजार बेरुजु देखिएको छ भने कुल बेरुजु रु ३२ करोड २५ लाख ७४ हजार पुगेको छ ।
सिम्रौनगढ नगरपालिका : आव २०८०/८१ को रु ८ करोड ८७ लाख ४७ हजार बेरुजु छ भने कुल बेरुजु रु ५३ करोड ४७ लाख ८७ हजार पुगेको छ ।
महागढीमाई नगरपालिका : २०८०/८१ को बेरुजु रु ६ करोड ७३ लाख २२ हजार छ भने कुल बेरुजु रु ४१ करोड ७४ लाख ८६ हजार पुगेको छ ।
विश्रामपुर गाउँपालिका : आव २०८०/८१ को बेरुजु रु १ करोड ४७ लाख २० हजार छ भने कुल बेरुजु रु १५ करोड ८२ लाख १८ हजार पुगेको छ ।

बरागढी गाउँपालिका : आव २०८०/८१ को बेरुजु रु २ करोड ५६ लाख ९९ हजार छ भने कुल बेरुजु रु १२ करोड ५८ लाख ३९ हजार पुगेको छ।
फेटा गाउँपालिका : आव २०८०/८१ को बेरुजु रु १ करोड ५० लाख ५० हजार छ भने कुल बेरुजु रु ३२ करोड ५६ लाख १८ हजार पुगेको छ।
प्रसौनी गाउँपालिका : आव २०८०/८१ को बेरुजु रु ४० लाख ५ हजार छ भने कुल बेरुजु रु २१ करोड ६१ लाख ४५ हजार पुगेको छ।
परवानीपुर गाउँपालिका : आव २०८०/८१ को बेरुजु रु ५२ लाख ३५ हजार छ भने कुल बेरुजु रु ८ करोड १९ लाख २६ हजार पुगेको छ।
पचरौता नगरपालिका : आव २०८०/८१ बेरुजु रु १ करोड ६२ लाख ९३ हजार छ भने कुल बेरुजु रु ३२ करोड १३ लाख ८२ हजार पुगेको छ।
निजगढ नगरपालिका : आव २०८०/८१ बेरुजु रु ११ करोड ४६ लाख १६ हजार छ भने कुल बेरुजु रु ७३ करोड ४१ लाख ५७ हजार पुगेको छ।
देवताल गाउँपालिका : आव २०८०/८१ को बेरुजु रु १ करोड १७ लाख ३३ हजार छ भने कुल बेरुजु रु १८ करोड ३४ लाख ९४ हजार,
जीतपुर-सिमरा उपमहानगरपालिका : आव २०८०/८१ को बेरुजु रु २२ करोड ५९ लाख ४१ हजार छ भने कुल बेरुजु रु ९० करोड ३२ लाख ५६ हजारमा पुगेको छ ।
कोल्हवी नगरपालिका : आव ०८०/८१ को बेरुजु रु ३ करोड ७६ लाख २२ हजार छ भने कुल बेरुजु रु ८५ करोड ८ लाख ८२ हजार पुगेको छ ।
कलैया उपमहानगरपालिका : आव ०८०/८१ को बेरुजु रु १३ करोड १ हजार छ भने कुल बेरुजु रु ७३ करोड ५८ लाख ४० हजार पुगेको छ।
करैयामाई गाउँपालिका : आव ०८०/८१ को बेरुजु २ करोड ४३ लाख ६० हजार छ भने कुल बेरुजु रु २९ करोड ४९ लाख ६७ हजार पुगेको छ।
आदर्शकोतवाल गाउँपालिका : आव ०८०/८१ को बेरुजु रु ४ करोड ५१ लाख ३७ हजार छ भने कुल बेरुजु रु २० करोड १० लाख ९ हजार पुगेको छ।
स्थानीय सरकारहरूमा देखिएको यति ठूलो वित्तीय अनियमितताले गम्भीर सवाल उठाएको छ – रकम कहाँ गयो? जवाफदेही को हो ?-बारा जिल्लाका मतदाताहरुले उत्तर खोजिरहेका छन्।
महालेखा परीक्षकको प्रतिवेदनलाई अविलम्ब अनुसन्धान र कारबाहीको तहमा पुर्याइएन भने वित्तीय अनुशासन थप कमजोर बन्ने निश्चितप्राय रहेको विश्लेषकहरुको भनाइ छ।

























