वीरगंज​०३ असार — यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र शाखा पर्सामा कार्यरत अधिकृत (आठौं तह) कमल राज गौतममाथि गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा दुई करोड ५१ लाख ७८ हजार ६८७ रुपैयाँ ७१ पैसाको बिगो कायम गरी ​मङ्गलवार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

गौतमले सार्वजनिक पदमा रहँदा पदीय मर्यादाविपरीत कार्य गरी आफ्नो आयस्रोतभन्दा धेरै सम्पत्ति आर्जन गरेका थिए। अनुसन्धान अनुसार, उनले सार्वजनिक पद धारण गरेको ​विस २०५५ सालदेखि २०७९ सालसम्मको अवधिमा वैधानिक रुपमा रु. २,८९,२०,२६८।१८ मात्र आर्जन गरेको देखिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोग​का सहायक प्रवक्ता देवी प्रसाद थपलिया​ले बताए

उक्त अवधिमा गौतम तथा उनको परिवारले घर/जग्गा खरिद, निर्माण, बीमा प्रिमियम, सवारी साधन खरिद, अध्ययन खर्च, ऋण तिर्ने, सुन किन्ने, शेयर खरिदजस्ता शीर्षकमा कूल रु. ५,४०,९८,९५५।८९ बराबरको खर्च तथा लगानी गरेका छन्। वैधानिक आय र खर्चबीचको अन्तर कूल रु. २,५१,७८,६८७।७१ रहेकाले सो रकम गैरकानूनी रुपमा आर्जन गरिएको पुष्टि भएको अख्तियारको दाबी छ।

गौतममाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को विभिन्न दफाहरू अन्तर्गत कैद, जरिवाना र गैरकानूनी सम्पत्ति जफतको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको थपलिया​ले बताए

यसैगरी, गौतमले आर्जन गरेको सोही गैरकानूनी सम्पत्तिबाट श्रीमती सरला नेपालका नाममा घर/जग्गा खरिद गरी राखेको पाइएको छ। त्यसैले सरला नेपाललाई पनि सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको ​थपलियाले बताए

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here