वीरगंज, ०६ असार — पोखरिया नगरपालिकाले शुक्रवार ११औं अन्तर्राष्ट्रिय योग दिवस उत्साहपूर्वक सम्पन्न गरेको छ। नगर प्रमुख प्रद्युमनप्रसाद चौहानको अध्यक्षतामा आयोजित कार्यक्रममा उप–प्रमुख रूबी ठाकुर तथा प्रमुख प्रशासकीय अधिकृत श्री रामविनय सिंहको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा वीरगंजस्थित भारतीय वाणिज्य दूतावासका वाणिज्यदूत अजय जैन प्रमुख अतिथिका रूपमा सहभागी भए। साथै, स्वास्थ्य शाखा प्रमुख कौशलेन्द्र मिश्र, जिन्सी शाखाका प्रतिनिधि, नगर क्षेत्रका प्रधानाध्यापक, स्वास्थ्य शिक्षक तथा शिक्षिका लगायत करिब ७५ जनाको सहभागीता रहेको थियो ।

विज्ञापन

कार्यक्रमको प्रमुख आकर्षणका रूपमा पोखरिया नगरपालिका आयुर्वेद शाखाअन्तर्गत रानीगञ्ज आयुर्वेद औषधालयका कविराज निरीक्षक धीरेन्द्रकुमार सिंहले सहभागीहरूलाई विविध योग अभ्यास गराए। उनले योगका शारीरिक र मानसिक लाभबारे जानकारी समेत दिए।

नगर प्रमुख चौहानले योग जीवनशैलीमा अनुशासन, स्वास्थ्य सुधार र मानसिक सन्तुलन ल्याउने महत्वपूर्ण साधन भएको उल्लेख गर्दै नगरवासीलाई नियमित योग अभ्यास गर्न प्रेरणा दिए।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here