वीरगंज, १० असार — बहुदरमाई नगरपालिका, पर्साको आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम आज मङ्गलवारका दिन एक औपचारिक समारोहका बीच सार्वजनिक गरिएको छ।

प्रस्तुत नीति तथा कार्यक्रममा आगामी वर्षका योजनाहरु कार्यान्वयन गर्न रु ४९ करोड ५२ लाख ४६ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरिएको जानकारी दिइएको छ। नगर उपप्रमुख सुस्मा कुमारी कुशवाहाद्वारा प्रस्तुत उक्त नीति तथा कार्यक्रममा “बहुदरमाईबासीको रहर — स्वच्छ, सुन्दर, सुरक्षित र समृद्ध नगर” भन्ने नारालाई मूल मन्त्र बनाइएको छ। कार्यक्रमको अध्यक्षता नगर प्रमुख सिंगासन साह तेलीले गरेका थिए।

विज्ञापन

समारोहमा सम्पूर्ण नगरसभा सदस्यहरू, नगरपालिका कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि, सञ्चारकर्मीहरू तथा अन्य सरोकारवालाको उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here