वीरगंज, ११ असार – मौसम पूर्वानुमान महाशाखा, काठमाडौँले जानकारी गराएअनुसार हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोशी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।
साथै, सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना पनि रहेको छ।
आज राति कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ।
कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ।
उच्च पहाडी तथा हिमाली भू-भागमा रातिको समयमा पनि हल्कादेखि मध्यम वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

























