वीरगंज, १० असार – मौसम पूर्वानुमान महाशाखा, काठमाडौँले आज देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेकाले विभिन्न भू-भागमा बदली मौसम र वर्षा हुने सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशसहित देशका पहाडी भू-भागहरूमा सामान्यतया बदली रही बाँकी क्षेत्रहरूमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

विज्ञापन

यसैगरी, कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्नेछ। साथै, यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा र अन्य क्षेत्रका एक–दुई उच्च स्थानमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना पनि रहेको जनाइएको छ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा अन्य प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका एक-दुई स्थानहरूमा भारीदेखि अति भारी वर्षा हुन सक्ने सम्भावना महाशाखाले जनाएको छ। साथै, देशभरका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपात हुन सक्ने चेतावनी दिइएको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here