काठमाडौँ, ११ असार — बेन डकेटको अविस्मरणीय १४९ रनको शानदार इनिङ्सको मद्दतले इंग्ल्यान्डले भारतलाई पहिलो टेस्ट खेलमा पाँच विकेटले पराजित गरेको छ।

हेडिङ्लेमा भएको टेस्टको पाँचौँ दिनको अन्तिम सत्रमा इंग्ल्यान्डले लक्ष्य भेट्दै ५ विकेटले यो ऐतिहासिक जित हात पारेको हो। भारतले दिएको ३७१ रनको कठिन लक्ष्य पछ्याउँदै इंग्ल्यान्डले पाँच विकेटको क्षतिमा ३३७ रन बनाएर खेल जित्यो।

विज्ञापन

यस जितसँगै पाँच टेस्टको सिरिजमा इंग्ल्यान्डले १–० को अग्रता लिएको छ।

इंग्ल्यान्डले विना कुनै विकेटको क्षति २१ रनबाट अन्तिम दिनको खेल सुरु गरेको थियो। डकेटले ओपनर ज्याक क्रलीसँग मिलेर पहिलो विकेटका लागि १८८ रनको महत्वपूर्ण साझेदारी गरे। क्रलीले ६५ रन बनाए।

जोए रुटले ५३ रन बनाएर नटआउट रहे भने जेमी स्मिथ ४४ रन बनाएर नटआउट रहे। उनले अन्तिम छक्का प्रहार गर्दै विजयी रन पूरा गरे।

डकेटको संयमित र आक्रमक ब्याटिङ, रूट–स्मिथको धैर्यपूर्ण साथले इंग्ल्यान्डलाई पहिलो टेस्टमै आत्मविश्वासपूर्ण सुरुवात दिलाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here