वीरगंज, १६ आसर — भारतबाट सस्तो मूल्यमा खरिद गरिएका पोषण पूरक औषधिमा पाँच गुणासम्म बढी मूल्य अंकित गरी कालोबजारी गर्दै आएका एकजना व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय, पर्साले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति वीरगंज महानगरपालिका–२६ रामगढ़वाका ४२ वर्षीय जितेन्द्रप्रसाद कुर्मी हुन्।

प्रहरीका अनुसार कुर्मीले भारतबाट फुड सप्लिमेन्ट औषधिहरू सस्तो मूल्यमा खरिद गरी वीरगंज–२४ स्थित विश्वनाथ राउतको घरमा भण्डारण गर्दै आएका थिए। ती औषधिहरूमा आफैंले मूल्य प्रिन्ट गर्ने मेसिन प्रयोग गरी पाँच गुणा बढी दरमा मूल्य छापी बिक्री वितरण गरिरहेको भन्ने विशेष सूचनाको आधारमा आइतवार साँझ पौने पाँच बजे छापा मारेको प्रहरीले जनाएको छ।

विज्ञापन

प्रहरीको टोलीले छापा मार्दा झण्डै २१ प्रकारका पोषण पूरक औषधिहरू बरामद गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ। बरामद औषधिहरूको अनुमानित मूल्य करिब रु २५ लाख रुपैयाँ रहेको छ।

जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार पक्राउ परेका कुर्मीमाथि कालोबजारी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको छ। औषधि तथा खाद्य वस्तुमा अवैध मूल्यवृद्धि गरी जनस्वास्थ्यसँग खेलबाड गर्ने प्रयासलाई प्रहरीले कडाइका साथ नियन्त्रणमा लिएको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here