तस्विर : जिल्ला प्रहरी कार्यालय, पर्सा

वीरगंज, १६ असार — वीरगंज महानगरपालिका वडा नं ३१ कोनिया टोलबाट चोरी गरिएको मोटरसाइकलसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्ने युवक वीरगंज–३२ निवासी १९ वर्षीय विध्यानन्द महतो रहेका छन्।

असार ९ गते राति करिब ८ बजे, कोनिया टोल निवासी विजय पटेलको घरअगाडि पार्किङ गरिएको रामज्ञा साहको नाममा दर्ता मधेश प्रदेश–०३–०३५ प ७७४५ नम्बरको कालो रङ्गको सुपर स्प्लेंडर मोटरसाइकल चोरी भएको थियो। चोरले लक फोडेर मोटरसाइकल लगेका थिए।

विज्ञापन

यस सम्बन्धमा प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साअन्तर्गत मिलनचोक प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले असार १५ गते राति करिब साढे आठ बजे उक्त मोटरसाइकलसहित महतोलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउपछि महतोलाई अनुसन्धानका लागि पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिइएको छ। हाल घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here