वीरगंज, १७ असार — पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले कृषि र किसानलाई पहिलो प्राथमिकता दिइएको बताएका छन्। सोमबार गढैयामा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै उनले किसानलाई समयमै सिंचाइ, बीउ र मलखाद उपलब्ध गराउन गाउँपालिका प्रतिबद्ध रहेको बताए।

भारतबाट मल ल्याउँदा सीमामा सुरक्षाकर्मीबाट हुने दुर्व्यवहारप्रति अध्यक्ष यादवले प्रहरी अधिकारीहरूको ध्यानाकर्षण गराए। उनले विद्युत पोल, तार र सिँचाइ समस्या चाँडै समाधान हुने आश्वासन दिए।

विज्ञापन

विद्यालयमा दिइने दिवा खाजामा लापरवाहीबारे जनगुनासो आएको भन्दै उनले अनुगमन गरी दोषीलाई कारबाही गर्न निर्देशन पनि दिए।

कार्यक्रममा उपाध्यक्ष बबिता सिंह क्षेत्रीले महिला सशक्तिकरणका लागि तालिम सञ्चालन भइरहेको बताइन्। प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवले चालु र आगामी वर्षका योजनाबारे जानकारी दिए।

स्थानीयहरूबाट सिलाई तालिम, महिला भवन, सिँचाइ र विद्युत समस्याबारे गुनासो तथा सुझावहरू प्रस्तुत गरिए।

कार्यक्रममा प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र उपरीक्षक राधेश्याम धिमाल, वडा अध्यक्ष, शिक्षक, राजनीतिक दलका प्रतिनिधि र स्थानीयको उल्लेखनीय सहभागिता थियो।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here