​पोखरिया, २४ असार  पोखरीया नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ मा करार र ज्यालादारीमा नियुक्त गरिएका सबै ​किसिमका कर्मचारीहरूको नियुक्ति खारेज गरेको छ। नगर कार्यपालिकाको असार २३ गतेको निर्णयअनुसार उक्त निर्णय लागू गरिएको ​पालिकाले जनाएको छ 

नगरपालिकाका अनुसार नियुक्ति बदर गरिएका कर्मचारीहरूमा नगर प्रहरी, स्वास्थ्य संस्था तथा विद्यालयमा कार्यरत स्वयंसेवक शिक्षक, कार्यालय सहयोगी र अन्य विभिन्न पदमा रहेका कर्मचारीहरू समेत छन्। साथै, पोखरीया नगरपालिका भित्रका कुनै पनि संस्थामा करार सम्झौतामा कार्यरत शिक्षक तथा कर्मचारीहरू पनि समावेश छन्।

निर्णय अनुसार २०८१ श्रावण १ गतेदेखि हालसम्म नियुक्त भएका कर्मचारीहरूको नियुक्ति खारेज भई कामकाजमा नलगाउने भनिएको छ। कुनै पनि शाखा, वडा कार्यालय, विद्यालय वा स्वास्थ्य संस्थाले यस्ता कर्मचारीलाई पुनः काममा खटाएमा वा हाजिर गराएमा सम्बन्धित शाखा प्रमुख वा संस्था प्रमुख स्वयं जिम्मेवार हुने ​सुचनामा उल्लेख गरिएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामविनय कुमार सिंहले पत्र जारी गर्दै सम्बन्धित सबै पक्षलाई उक्त निर्णय कार्यान्वयन गर्न अनुरोध गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here