वीरगंज, २५ असार- नेसनल इन्फोटेक कलेजले बढ्दो गर्मी र वीरगंज क्षेत्रमा देखिएको रक्त अभावलाई मध्यनजर गर्दै बुधवार आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कलेज परिसरमा आयोजित उक्त कार्यक्रममा २४ महिला सहित १६९ जना रक्तदाताले आफ्नो अमूल्य रगत दान गरेका छन् ।

कलेजका संचालक मनिष सिंह र काजल सिंह स्वयंले रक्तदान गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए । साथै, रक्तदाताहरुलाई ब्लड कलेक्सन ब्याग प्रदान गर्दै रक्तदानको महत्त्वबारे जानकारी गराएका थिए ।

विज्ञापन

कार्यक्रममा कलेजका विद्यार्थी, शिक्षक, कर्मचारी र स्थानीयहरुको उल्लेखनीय सहभागिता रहेको थियो । रक्तदान गर्ने व्यक्तिहरुमा काजल सिंह, मनिष सिंह, सयोनी कुमारी, रबिना खातुन, मनिका यादव, स्नेहा साह, सम्झना यादव, रानु पाल, कन्चन कुमारी, सुजाता यादव, चित्रलेखा कुमारी, सुधिर पटेल, जितेन्द्रकुमार साह, जितेश पटेल, रोहित मण्डल, चन्दन महतो कहार, शशी बरनवाल, आयुष शर्मा, राहुल कुमार गुप्ता लगायतका व्यक्तिहरु रहेका थिए ।

कार्यक्रममा वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, नेपाल रेडक्रस सोसाइटी रानिघाट उपशाखाका सभापति सतिश सिंह राजपूत, सामाजिक अभियन्ता दिवेश मानवसेवा, ओमकुमार झा, राजन श्रीवास्तव, कलेजका एशिया डाइरेक्टर सुधिर पटेल, सञ्चारकर्मी अर्जुन चौधरी, अभिलाष गुप्ता लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका संचालक मनिष सिंहले “गर्मीको कारण रगतको चरम अभाव भएको अवस्थामा यस्तो सामाजिक कार्यले जीवन बचाउने विश्वास लिएका छौं” भन्दै सबैलाई नियमित रक्तदान गर्न आह्वान गरे । उनले जात, धर्म, धनी–गरीब जस्ता कुनै विभाजन नगरी मानवताको लागि रक्तदान गर्नुपर्ने आवश्यकता औंल्याए ।

त्यसैगरी, सुधिर पटेलले हरेक तीन महिनामा शरीरको रगत आफैं पुनर्निर्माण हुने भएकाले निरन्तर रक्तदान गर्नु स्वास्थ्य र समाजका लागि फाइदाजनक हुने बताएका थिए ।

कार्यक्रममा वीरगन्ज रक्त सञ्चार केन्द्रका प्राविधिक धिरेन्द्र झाको नेतृत्वमा स्वयंसेवक टोलीले रक्त संकलन तथा व्यवस्थापनमा सहयोग गरेका थिए ।

नेसनल इन्फोटेक कलेजले भविष्यमा पनि यस्ता सामाजिक उत्तरदायित्वपूर्ण कार्यहरूलाई निरन्तरता दिने बताइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here