काठमाडौं, ३० असार — नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाको योग्यताबारे छानबिन गर्न सरकारले तीन सदस्यीय समिति गठन गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो।

समितिमा बिमा क्षेत्रका विज्ञ कपिल ओली र एक जना अर्थशास्त्री समेत रहेका छन्। समितिलाई ओझाको शैक्षिक योग्यता, अनुभव तथा कार्यशैलीसम्बन्धी विषयमा छानबिन गर्ने जिम्मा दिइएको छ।

सरकारले गत फागुन १२ गते शरद ओझालाई बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो। तर, उनले अध्यक्ष हुन पेस गरेका शैक्षिक तथा अन्य कागजातको प्रमाणिकतामाथि प्रश्न उठ्दै आएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत हाल उनका दस्तावेजहरूमाथि छानबिन गरिरहेको छ।

‘यो समितिलाई पनि उनको योग्यता र कार्यशैलीप्रति छानबिन गर्न म्यान्डेट दिइएको छ,’ एक मन्त्रीले बताए। छानबिन समिति गठनसँगै ओझाको पद सम्हाल्ने वैधानिक हैसियतसमेत प्रश्नमा परेको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here