पर्सा — नेपाल औषधिगत बिक्रि प्रबन्धक संगठनको ४औं साधारण सभा हर्ष उल्लासका साथ सम्पन्न भएको छ।

सभाबाट १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ भने नवनिर्वाचित पदाधिकारीहरूले सपथ ग्रहण समारोह समेत सम्पन्न गरेका छन्।

विज्ञापन

नवगठित कार्यसमितिको अध्यक्षमा महबुब आलम चयन भएका छन्। त्यस्तै उपाध्यक्षमा प्रबिण मिश्रा, महासचिवमा अवधेश साह, सह–सचिवमा बिनय दुबेदी र नरेन्द्र मेहता, कोषाध्यक्षमा शनि द्विबेदी र सह–कोषाध्यक्षमा रामनरेश यादव चयन भएका छन्। अन्य सदस्यहरू सहित कुल १५ सदस्यीय समिति चयन गरिएको छ।

साधारण सभामा सहभागी सदस्यहरूले संगठनको आगामी कार्ययोजना, औषधि व्यवसायसँग सम्बन्धित समस्या समाधान तथा व्यवस्थापन सुधारका विषयमा पनि छलफल गरेका थिए।

नयाँ नेतृत्वले संगठनलाई अझ सक्रिय, उत्तरदायी र व्यावसायिक मर्यादायुक्त बनाउन प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here