तस्विर : सामाजिक संजाल

काठमाडौँ, १९ साउन — उच्च अदालत पाटनले दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। बैंकिङ कसुरसम्बन्धी मुद्दामा अदालतले २५ लाख रुपैयाँ धरौटी वा सो बराबरको बैंक जमानत बुझाएर उनलाई तारिखमा रिहा गर्न आदेश दिएको हो।

न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको संयुक्त इजलासले सोमबार उक्त आदेश दिएको हो।

विज्ञापन

यससँगै, काठमाडौं जिल्ला अदालतले पनि प्रसाईंलाई चैत १५ गतेको घटनासँग सम्बन्धित मुद्दामा ३ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको छ। अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार उनलाई आपराधिक उपद्रव र संगठित अपराधसम्बन्धी अभियोगमा धरौटीमा छाड्न आदेश गरिएको हो।

गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा आगजनी र सार्वजनिक सम्पत्तिमा तोडफोड भएको थियो। सो घटनापछि दुर्गा प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतमा आपराधिक उपद्रव र संगठित अपराधमा मुद्दा दर्ता गरिएको थियो।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here