पोखरिया, २२ साउन – प्रादेशिक अस्पताल पोखरियाको विकास समिति अध्यक्षमा उमेश चौहान नियुक्त भएका छन्। मधेस प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मन्त्रिस्तरीय निर्णयबाट चौहानको नियुक्ति भएको हो।
मेसु आन्नद रौनियारको अध्यक्षतामा आयोजित कार्यक्रममा बिहीवार नगरप्रमुख प्रद्युम्न चौहानले खादा, माला र टीका लगाएर अध्यक्ष चौहानलाई स्वागत गरेका थिए।

























