वीरगंज, २३ साउन – पर्सामा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एकजना व्यक्ति पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार ठोरी गाउँपालिका–२ सुन्दरबस्ती बस्ने ४६ वर्षीय अशोक साहलाई मङ्गलवार नियन्त्रणमा लिइएको हो। साहले साउन २१ गते बिहान करिब १० बजे बाख्रा चराइरहेकी बालिकालाई एक्लै देखेर रु १० को नोट देखी देखाई ललाइफकाई त्यही वडास्थित जङ्गलमा जबरजस्ती करणी गरेको उजुरीमा उल्लेख छ।

विज्ञापन

घटनाबारे पीडित पक्षको जाहेरीका आधारमा सोही दिन दिउँसो करीब ३ बजे साहलाई पक्राउ गरिएको प्रवक्ता तथा सुचना अधिकारी किशोर लम्सालले बताए। पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको लम्सालले बताए।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here