वीरगंज, २९ साउन — नेशनल मेडिकल कलेज प्रालि, वीरगंज र आईजीआई प्रुडेनशियल इन्स्योरेन्स लिमिटेडबीच आज एक वर्षे स्वास्थ्य सेवा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।

सम्झौता अनुसार, आईजीआई प्रुडेनशियल इन्स्योरेन्सका बीमित ग्राहकहरूले नेशनल मेडिकल कलेजमा उपचार गराउँदा बीमा सुविधा प्राप्त गर्नेछन्। साथै, दुवै पक्षले बिरामीको सहज पहुँचका लागि आपसी समन्वय, शुल्क तालिका आदान–प्रदान, सेवा गुणस्तर अभिवृद्धि तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरेका छन्।

विज्ञापन

कार्यक्रममा नेशनल मेडिकल कलेजकी एकेडेमिक निर्देशक डा रुबी श्रेष्ठ यासमिन र आईजीआई प्रुडेनशियल इन्स्योरेन्सका सहायक महाप्रबन्धक अमरबहादुर गौतमले हस्ताक्षर गरेका छन् ।

उक्त कार्यक्रममा नेशनल मेडिकल कलेजको तर्फबाट प्रमुख सूचना अधिकृत प्रदीप चौधरी, मार्केटिङ म्यानेजर जितेशचन्द्र दास, प्रशासन अधिकृत विश्वनाथ कान्त, प्रशासन अधिकृत पप्पु सिंह तथा आईजीआई प्रुडेनशियल इन्स्योरेन्सको तर्फबाट सहायक प्रबन्धक धनञ्जयकुमार ठोकर उपस्थित थियो।

सम्झौतापछि दुवै संस्थाले यस सहकार्यले बीमित ग्राहकलाई गुणस्तरीय, छिटो र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here