वीरगंज, ३१ साउन – वीरगंज समाज सेवाले निरन्तरता दिँदै नारायणी अस्पतालमा शनिवार ६५औं साप्ताहिक निश्शुल्क भोजन कार्यक्रम सम्पन्न गरेको छ। डेढ वर्षदेखि हरेक शनिवार बिहान साढे ९ बजे सञ्चालन हुँदै आएको यस सेवामा अस्पतालमा उपचाररत विपन्न बिरामी, कुरुवाहरू, असहायहरू, रिक्सा–ईरिक्सा चालक तथा बाटो हिँड्ने यात्रुहरूले घरमै बनेको जस्तो सफा, शुद्ध र पोषिलो भोजन पाउँदै आएका छन्।

कार्यक्रममा समाज सेवाका अध्यक्ष अशोक गुप्ताले “सेवा नै धर्म हो” भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै हरेक सातामा करिब ४५० देखि ५०० जनाले यस सेवाबाट लाभ लिँदै आएको बताए। दिनदुखी असहायको पेट भरिएपछि उनीहरूको अनुहारमा आउने खुशीले आफूहरू गौरवान्वित महसुस गर्ने उनले बताए।

विज्ञापन

यसैगरी समाज सेवाका सचिव युवा समाजसेवी प्रकाश बाहेतीले “दिनदुखी असहायको सेवा सहयोग नै मानव जीवनको सबैभन्दा ठूलो धर्म र कर्म हो” भन्दै निश्शुल्क भोजन अभियानमा सबैलाई सहकार्य र हातेमालो गर्न आग्रह गरे। उनले सबैलाई आआफ्नो ठाउँबाट सहयोगी मनले मानवता बलियो बनाउन आह्वान गरे।

आजको भोजनमा सेवादारहरूले शुद्ध शाकाहारी परिकार अन्तर्गत भात, दाल, आलु–परवलको तरकारी र हरियो खुर्सानीको अचार खुवाए। वृद्ध, महिला तथा बालबालिकालाई बोलाइ–बोलाइ थपी–थपी खुवाएर सेवा प्रदान गरिएको थियो।

निश्शुल्क भोजन कार्यक्रममा समाजका पदाधिकारी उपाध्यक्ष मनोजप्रसाद रौनियार, सचिव प्रकाश बाहेती, सदस्यहरू मदनप्रसाद गुप्ता, लालबाबु सिंह, निसान्त लाठ, राजेन्द्र भट्टराई, रियान्स सिंह राजपुतलगायतले सक्रिय रुपमा सहयोग गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here