वीर​गंज​०७ भदौ – ​वीरगंज कपडा ​बैङ्कले आफ्नो ७ औं स्थापना दिवसको अवसरमा शनि​वार साँझ दिप प्रज्ज्वलन कार्यक्रम सम्पन्न गरेको छ । वीर​गंज–८ स्थित कार्यालयमा आयोजित कार्यक्रममा ६ वर्षको सफल यात्रा पूरा गर्दै ७ औं वर्ष प्रवेशको अवसरमा बधाई तथा शुभकामना आदान–प्रदान गरिएको थियो ।

कार्यक्रम ​बैङ्कका अध्यक्ष लालबाबु सिंहको अध्यक्षता तथा वरिष्ठ सल्लाहकार अधिवक्ता पन्नालाल गुप्ताको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा समाजसेवी डा शिवकुमार, सल्लाहकार श्रवणबहादुर रायमाझी, सदस्य निलाकुमारी राम, सञ्जय मण्डल, पत्रकार निरञ्जन मिश्र, विशाल ठाकुर, धनिलाल प्रसाद, दिलीप चौरसिया लगायतको उपस्थिति रहेको सचिव कन्हैया पटेलले जानकारी दिए ।

विज्ञापन

सो अवसरमा प्रमुख अतिथि गुप्ताले “तपाईंसँग धेरै छ भने दिनुहोस्, जरुरी परेको खण्डमा कपडा ​बैङ्कसँग ​निश्शुल्क लिनुहोस्” भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै स्थापना कालदेखि निरन्तर रुपमा असहाय, विपन्न र विपद्ग्रस्त समुदायलाई कपडा, खाद्यान्न तथा नगद सहयोग गर्दै आएको उल्लेख गरे । उनले मानवताको सर्वोत्तम धर्म सेवा र सहयोगमै रहेको भन्दै सम्पूर्णलाई असहाय सहयोगमा हातेमालो गर्न आह्वान गरे ।

कार्यक्रममा समाजसेवी डा. शिवकुमारले असहायहरूको सहयोग अभियान प्रशंसनीय रहेको बताउँदै सबै मिलेर मात्र समुचित सेवा सम्भव हुने धारणा व्यक्त गरे । साथै, ​बैङ्कको निरन्तर प्रगतिको शुभकामना दिए ।

​यसैगरी, अध्यक्ष सिंहले ​बैङ्कको अभियानलाई सफल बनाउन निरन्तर सहयोग गर्ने दाता, शुभेच्छुक, सल्लाहकार, पदाधिकारी र सदस्यप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि साथ–सहयोग निरन्तर रहिरहने विश्वास व्यक्त गरे ।

सचिव पटेल र सदस्य रामले पनि स्थापनाकालीन कठिनाइलाई सम्झँदै ​बैङ्कलाई सफल बनाउन योगदान गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here