लायन्स क्लब वीरगंज कारागार दर सहयोग

वीरगंज, ०९ भदौ — महिलाहरूको महान् तीज पर्वको पूर्वसन्ध्यामा लायन्स क्लब अफ वीरगंज मिलेनियमले वीरगंज कारागारमा रहेका महिला बन्दीहरूलाई दर सामग्री सहयोग गरेको छ ।

लायन्स क्लब अफ वीरगंज मिलेनियमले लायन्स क्लब अफ वीरगंज संस्कृति गोल्ड, लायन्स क्लब अफ वीरगंज सेन्ट्रल तथा लायन्स क्लब अफ ग्रेट पिपुल्सको सहकार्यमा ७० जना महिला बन्दीका लागि फलफूल, मिठाई, दर खुवाउने खाद्यान्न सामग्री तथा सिङ्गारका सामग्रीहरू वितरण गरेको सचिव रोशन गुप्ताले जानकारी दिए ।

कार्यक्रम क्लबका अध्यक्ष विनोद खण्डेलवालको अध्यक्षता तथा वीरगंज महानगर–४ का वडाअध्यक्ष जगतसाह कानु प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रहरी नायब उपरीक्षक जनक बस्नेत, डीएन अग्रवाल, उत्तम चन्द रखेचा, सुनिल केडिया, पीबी शाह, उषा शाह, कीम अन्सारी, सोनी अग्रवाल, सुमन श्रेष्ठ, फुलचन्द अग्रवाल, सुभाष अग्रवाल, सङ्गीता खेतान, सुनिता अग्रवाललगायतको उपस्थितिमा क्लबका सचिव गुप्ताले कार्यक्रम सहजीकरण गरेका थिए ।

सो अवसरमा प्रमुख अतिथि कानुले महिलाहरूको महान् पर्व तीजको अवसरमा परिवारदेखि टाढा कारागारमा रहेका दिदीबहिनीहरूलाई दर खुवाउने कार्य अत्यन्तै सराहनीय रहेको उल्लेख गर्दै यसले महिला बन्दीहरूको मनोबल मात्र नभई समाजमा आपसी एकता र मानवता बलियो बन्ने बताए । साथै, उनले आयोजक परिवारलाई धन्यवाद दिँदै सम्पूर्णलाई तीज पर्वको शुभकामना दिए ।

त्यसैगरी, कार्यक्रमका अध्यक्ष खण्डेलवालले गत १० वर्षदेखि क्लबले कारागारमा रहेका दिदीबहिनीहरूको लागि तीज पर्वमा दर खुवाउने कार्यक्रम आयोजना गर्दै आएको स्मरण गर्दै यो परम्परा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । उनले सहयोगी, सहभागी तथा सम्पूर्णलाई तीज पर्वको बधाई र शुभकामना समेत दिए ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here