वीरगञ्ज हैजा नियन्त्रण

वीरगंज​, १० भदौ ​ लामखुट्टे नियन्त्रणका लागि वीरगंज महानगरपालिकाले बुधवारदेखि नाला, पोखरी तथा पानी जम्ने स्थानमा पम्प–स्प्रे मार्फत औषधि छर्ने अभियान सुरु गर्ने भएको छ।

महानगरको सरसफाइ व्यवस्थापन शाखाका अधिकृत सर्फुदिन मियाँका अनुसार तालिका बनाई ३२ वटै वडामा चरणबद्ध रूपमा औषधि छर्ने तयारी गरिएको छ। पहिलो दिन वडा नं १, २ र ३ मा अभियान सञ्चालन हुनेछ। बिहान १० बजेदेखि नै जनशक्ति परिचालन गरी नाला तथा पानी जमेको स्थानमा औषधि छर्किने उनले जानकारी दिए।

विज्ञापन

डेंगु, इन्सेफ्लाइटिस, मलेरिया जस्ता प्राणघातक रोग लामखुट्टेको टोकाइबाट फैलिने भएकाले रोकथामका लागि यो अभियान सुरु गरिएको हो। असोज ५ गतेसम्म अभियान निरन्तर चल्ने बताइएको छ।

महानगरले लामखुट्टे नियन्त्रणका लागि वर्षमा दुईपटक नियमित रूपमा औषधि छर्दै आएको छ। हाल लामखुट्टेको सङ्ख्या तीव्र रूपमा बढिरहेको देखिएकाले यसपटक समयमै पहल थालिएको हो।

लामखुट्टे नियन्त्रण टोलीलाई सहज रूपमा काम गर्न नगरवासीलाई सहयोग गर्न पनि महानगरपालिकाले आग्रह गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here