गुडविल सोसाइटी मच्छरदानी वितरण वीरगञ्ज

वीरगंज, १४ भदौ — गुडविल सोसाइटी संस्थाले वीरगंज महानगरपालिका–३१ का स्थानीयवासीलाई ५० थान मच्छरदानी वितरण गरेको छ।

हाल सो क्षेत्रमा लामखुट्टेको प्रकोप अत्यधिक बढेको र यसको कारण विभिन्न स्वास्थ्य समस्या देखिन थालेको स्थानीयवासीको गुनासोपछि संस्थाले राहतस्वरूप मच्छरदानी वितरण गरेको हो। वितरण कार्यक्रम वडाध्यक्ष जितेन्द्र यादवको उपस्थितिमा सम्पन्न भएको थियो।

विज्ञापन

सो अवसरमा गुडविल सोसाइटीका अध्यक्ष अरबाज आलम, उपाध्यक्ष सज्जाद, सदस्यहरू किशन पटेल, शाहनवाज, सुहैब, सलाउँदिन, सम्सुदिन, आमिर, सौकत, साहिल, सम्सुल, समीरलगायतका प्रतिनिधिहरू उपस्थित थिए। यसैगरी, स्थानीयवासी उमर अन्सारी, अली हसनसहित समुदायका सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमका वक्ताहरूले लामखुट्टेजन्य रोग नियन्त्रणका लागि सचेतना र सावधानी अपनाउनुपर्नेमा जोड दिए। साथै, गुडविल सोसाइटीले स्थानीय समस्या पहिचान गर्दै आगामी दिनहरूमा पनि यस्ता सामाजिक सहयोग कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here