वीरगञ्ज। पर्साको पोखरियाका नेता तथा पूर्व गाविस अध्यक्ष शङ्कर राउत अहिरसहित विभिन्न नेताहरू नेपाली काँग्रेसमा प्रवेश गरेका छन्।

जनकपुरमा शुक्रबार नेपाली काँग्रेस मधेस प्रदेश समितिद्वारा आयोजित पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा काँग्रेस सभापति गगन थापाले टीका लगाएर अहिरसहित पर्सा क्षेत्र नम्बर–३ का नेताहरूलाई पार्टीमा स्वागत गरेका हुन्।

अहिरसँगै पोखरिया नगरपालिका वडा नम्बर–२ का पूर्व वडाध्यक्ष सुरेन्द्र प्रसाद यादव, बिन्दवासिनी गाउँपालिकाकी पूर्व उपाध्यक्ष किरणदेवी गुप्ता, उनका पति बब्लु गुप्ता लगायतका नेताहरू पनि नेपाली काँग्रेसमा प्रवेश गरेका छन्।

शङ्कर राउत अहिरले आफ्नो विचार व्यक्त गर्दै भने,
“देशमा लोकतन्त्र, समावेशिता र विकासलाई संस्थागत गर्न नेपाली काँग्रेस नै सही विकल्प हो भन्ने विश्वासका साथ म पार्टीमा प्रवेश गरेको हुँ। मधेसका जनताको अधिकार, सुशासन र समृद्धिका लागि काँग्रेसको झण्डामुनि रहेर सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्दछु।”

काँग्रेस सभापति थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पर्सा क्षेत्र नम्बर–३ का नेपाली काँग्रेसका उम्मेदवार सुरेन्द्र प्रसाद चौधरी, काँग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री, नेता शैलेन्द्र यादवलगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here