तस्विर : फाइल

काठमाडौँ — कप्तान इन्दु बर्माको आक्रामक ब्याटिङमा नेपालले महिला ट्वान्टी–२० विश्वकपको एसिया छनोटमा बिहीबार बहराइनलाई ६ विकेटले पराजित गर्दै दोस्रो चरणमा पुग्ने आशा कायम राखेको छ।

नेपालले समूह चरणका सबै चार खेल सक्दा ५ अंक बटुलेको छ। अब हङकङ–बहराइनबीचको खेलको नतिजाले नेपालको यात्रा तय गर्नेछ। यदि हङकङ पराजित हुन्छ वा वर्षाका कारण खेल रद्द हुन्छ भने नेपाल दोस्रो चरणमा पुग्नेछ।

थाइल्यान्डको बैंककमा भएको वर्षाबाट प्रभावित खेलमा बहराइनले १२.४ ओभरमा ७६ रन बनाएको थियो। डकवर्थ लुइस पद्धतिअनुसार नेपाललाई ७ ओभरमा ५६ रनको लक्ष्य दिइएको थियो। इन्दु बर्माले ७ बलमा ४ चौका र १ छक्का सहित अविजित २४ रन बनाउँदै ५.४ ओभरमै लक्ष्य पूरा गराइन्।

नेपालका लागि यो प्रतियोगिताको दोस्रो जित हो।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here