​तस्विर : सौजन्य।

वीरगंज, पर्सा । महालक्ष्मी विकास बैंकले ३१ औं वार्षिकोत्सवको अवसरमा वीरगंज​स्थित श्रीपुर शाखा​, मुर्लिको प्राङ्गणमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा ३ जना महिला सहित २४ जनाले रक्तदान गरेका छन्।

रक्तदान गर्नेमा सन्जु श्रेष्ठ, तब्बसुम खातुन, मुस्कान साह, चन्द्र शेखर पंडित, सुदिप चन्द्र पोखरेल, सदाम अन्सारी, बिरेन्द्रप्रसाद हजाम, शिवजी यादव, ओमप्रसाद पटेल, नाजिर हुसैन, शिवनन्दन​ प्रसाद चौहान, विशाल​ साह कानु, विवेक ठाकुर लगायत​ले रक्तदान गरी मानवताको मिसाल प्रस्तुत गरेका छन्।

कार्यक्रम महालक्ष्मी विकास बैंक​, श्रीपुर शाखाका प्रबन्धक ललन साह कानुको अध्यक्षता तथा बैंकका ​निर्देशक एवं समाजसेवी श्यामसुन्दर रुङटाको प्रमुख आतिथ्यमा सम्पन्न भयो।

यसैगरी, करपोरेट डेभलपमेन्ट बैंकका ​सीईओ लालबहादुर थिङ, गृहेश्वरी बैंक फाइनान्सका मधेश प्रदेश प्रमुख राजेश गुप्ता, महालक्ष्मी बैंकका मधेश प्रदेश प्रमुख सुदिप चन्द्र पोखरेल, कलैया शाखा प्रबन्धक अरुण कुमार यादव, सिमरा शाखा प्रबन्धक पुरुषोत्तम अधिकारी, वीर​गंज कपडा बैंक​का अध्यक्ष तथा सञ्चारकर्मी लालबाबु सिंह, सिप्रदी वीर​गंजका राजेश श्रीवास्तव लगायतका विशिष्ट अतिथिकाहरुको उपस्थिति रहेको थियो।

​तस्विर : सौजन्य।

सो अवसरमा प्रमुख अतिथि रुङटाले रक्तदान जस्तो पुण्य कार्यले जात, धर्म, सम्पत्ति वा हैसियत केही नहेरी मानवता बलियो बनाउने उल्लेख गर्दै नियमित रक्तदानमा सबैलाई सहभागी हुन आग्रह गरे। उनले सम्पूर्ण रक्तदाताप्रति आभार व्यक्त गर्दै बैंकको वार्षिकोत्सवमा उपस्थित सबैलाई बधाई तथा शुभकामना व्यक्त गरे।

कार्यक्रममा अध्यक्ष कानुले प्रत्येक वर्ष बैंकले वार्षिकोत्सवमा रक्तदानलाई प्रमुख कार्यक्रमका रूपमा मनाउने जानकारी दिए। उनले देशभर एकै दिन रक्तदान कार्यक्रम सञ्चालन भैरहेको उल्लेख गर्दै सबै रक्तदाताप्रति कृतज्ञता व्यक्त गरे।

मधेश प्रदेश प्रमुख पोखरेलले वार्षिकोत्सवको सन्दर्भमा साताव्यापी कार्यक्रम अन्तर्गत वीर​गंजमा गरिएको रक्तदानले समाजप्रति बैंकको उत्तरदायित्वलाई प्रतिबिम्बित गर्ने बताए। उनले रक्तदानलाई मानवको सबैभन्दा ठूलो धर्म र कर्मको रूपमा व्याख्या गर्दै सहभागिता जनाउने सबैलाई धन्यवाद तथा शुभकामना दिए।

रक्तसञ्चार केन्द्र वीर​गंजका प्राविधिक जितेन्द्र कुशवाहाको नेतृत्वमा स्वयंसेवक टोलीले रक्तदाताहरूलाई सहजीकरण गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here