काठमाडौं — हाल देशभर पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव देखिएको छ। यसको कारण आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशसहित पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका अन्य भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। त्यस्तै, उच्च–पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना पनि रहेको छ।

विज्ञापन

आज राति मौसममा अझै केही सक्रियता देखिने अनुमान गरिएको छ। कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू-भागहरूमा आंशिकदेखि साधारण बदली रहनेछ भने अन्य भू-भागमा आंशिक बदली रहनेछ।

रातको समयमा पनि कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा अन्य स्थानका एक-दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशको उच्च–पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको जनाइएको छ।

मौसमविद्हरूले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई सुझाव दिएका छन्, विशेषगरी पहाडी यात्रा तथा हिमाली क्षेत्रमा जान तयारी गरेका व्यक्तिहरूलाई सावधानी अपनाउन अनुरोध गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here