वीरगंज, पर्सा — नेपालको व्यावसायिक सवारीसाधन बजारमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउँदै, महिन्द्राको युटिलिटी गाडीहरूको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्रालिले १.७ टन भार वहन क्षमता भएको नयाँ महिन्द्रा बोलेरो पिक-अप फ्ल्याटबेड १.७ टी सार्वजनिक गरेको छ।

वीरगंज–१४ स्थित प्रतिमा चोकको महिन्द्राको शोरूममा आयोजित एक विशेष समारोहमा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम प्रमुख अतिथिका रूपमा उपस्थित भई उक्त गाडीको औपचारिक उद्घाटन गरे। कार्यक्रममा ग्राहकलाई गाडीको साँचो हस्तान्तरण समेत गरिएको थियो।

सो अवसरमा गौतमले महिन्द्रा बोलेरो पिक-अपलाई बलियो, भरपर्दो र लागतमैत्री गाडीको रूपमा वर्णन गर्दै यसले नेपाली यातायात व्यवसायीको मन जित्न सफल हुने विश्वास व्यक्त गरे। साथै, सजिलो किस्ताबन्दीको सुविधा उपलब्ध रहेकाले यो गाडी थप लोकप्रिय हुने उनको भनाइ थियो।

अग्नि ग्रुप वीरगंज शाखाका सहायक जेनरल म्यानेजर लक्ष्मण राय असिस्टेन्ट जनरल म्यानेजर रायका अनुसार, सोही दिन काठमाडौं (गैरीधारा), पोखरा, चितवन र विराटनगरका महिन्द्रा शोरूमहरूमा पनि उक्त गाडी सार्वजनिक गरिएको छ।

कम्पनीका प्रशासन प्रमुख रविन्द्र श्रेष्ठका अनुसार महिन्द्रा बोलेरो पिक-अप १.७ टी को मूल्य रु. २५ लाख ६५ हजार रहेको छ।

कार्यक्रममा कम्पनीका कर्मचारी, यातायात व्यवसायी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन पत्रकार राजेन्द्र सिंहले गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here