पोखरिया, २२ साउन – प्रादेशिक अस्पताल पोखरियाको विकास समिति अध्यक्षमा उमेश चौहान नियुक्त भएका छन्। मधेस प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मन्त्रिस्तरीय निर्णयबाट चौहानको नियुक्ति भएको हो।

मेसु आन्नद रौनियारको अध्यक्षतामा आयोजित कार्यक्रममा बिहीवार नगरप्रमुख प्रद्युम्न चौहानले खादा, माला र टीका लगाएर अध्यक्ष चौहानलाई स्वागत गरेका थिए।

सो अवसरमा भगवान कुर्मी, डा अनिल यादव, प्रमोद गिरी, बन्का राउत कुर्मी, डा मिनगेन्द्र यादव, बृजेश दुबेदी लगायत अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूको उपस्थिति रहेको थियो।
प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन