विज्ञापन

अभितक, पूस ७गते,वीरगंज । माघ ८ गते छिमेकी राष्ट भारतको जन्मभूमि अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठान सम्बन्धि कार्यक्रम रहेकोले पोखरिया नगरपालिकामा पनि दिपावली मनाउने भएको छ ।

पोखरिया नगरपालिकाका नि.प्रमूख प्रशाकिय अधिकृत अजय श्रीवास्तवद्वारा सूचना जारी गरीएको छ । सो उपलक्ष्यमा नगरभरीमा माछा, मासू तथा मदिराजन्य विक्री वितरण गर्न रोक लगाइएको पनि सूचनामा उल्लेख गरीएको छ ।
यस अघि पोखरिया नगरपालिका नगर प्रमूख प्रदूमन प्रसाद चौहानको सचिवालयले पनि पोखरियामा भएको मठ, मन्दिरलाई सरसफाई गरी उत्सव मनाउन आग्रह गरेका हून तथा माछा, मासू, मदिराजन्य पदार्थ सो दिन विक्रि वितरण नगरिदिन आग्रह गरेको थियो ।

विज्ञापन

पोखरिया नगरपालिका वडा नं. ४ का वडा अध्यक्षले पनि सो को समर्थन जनाएर घर घरमा दिप प्रजवल्न गरी उत्सव मनाउन आग्रह गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here