वीरगंज, माघ २३ ।
पर्सा जिल्लाको लाइफ लाइन भनिने तिलावे पूल निमार्ण सम्पन्न भएको १ वर्ष नपूग्दै किनारबाट भत्किन शूरु भइसकेको छ । हूलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय अन्तर्गत तिलावे खोला पूल निमार्ण व्यवसायी पप्पू लूम्बिनी जे.भी. काठमाडौले लागत अनूमान ८,७२,०६,३३७।५० सम्झौता मिति २०७२।०२।२४ निमार्ण सम्पन्न भएर मिति ०७९।०८।२९ भूक्तानी ८,४६,७३,८९७।०० भइसकेको छ । भूक्तानी भएको १ वर्ष नवित्दै तिलावे पूलको पूर्व साइडबाट तार जालि सहित माटो र कालोपत्रे फूटन थालेको सामाचार प्रकाशित भएपछि मरमम्त नगरेर १ टयाक्टर ग्रेबल राखेर छोपेको सजिलै हेर्न सकिन्छ ।
पर्सा जिल्ला कै लाइफलाइन भनिने पूलको गूणस्तरीय निमार्ण हतार हतारमा उदघाटन गर्न केन्द्रिय देखि जिल्लास्तरीय नेताहरुको घूइचो लागेको थियो तर पूल निमार्ण भएको १ वर्ष नबित्दै वितेको वर्षायाममा पूलको साइडको तार जाली भत्किनू पूलको निमार्ण गूस्तरहिन भएको आफैमा स्पष्ट हून्छ । विभिन्न सामाचारमा आए पनि त्यसलाई मरम्मत नगर्नू सम्बन्धित ठेकेदार कम्पनी र हूलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय,वीरगंज कतिको जिम्मेवारहिन भएको देख्न सकिन्छ ।
हूलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयका इन्जिनियर दूर्गा मण्डलको निगरानीमा बनेको पूल मापदण्ड नै पूरा नगरी हतार हतारमा सम्पन्न गरेकोले पूलको पानी जम्ने, पानी डेनको मार्फत नदिमा नजाने, एप्रोच रोड आधाधूरा रहेको स्थानीयको आक्राश सजिलै देख्न सकिन्छ ।
यता वीरगंज हूलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयमा इन्जिनियर सजय ठाकूरका अनूसार त्यो मरम्त संभार गर्ने जिम्मेवारी ठेकेदार कम्पनीको नै हो हामीले बारम्बार लिखित चिठि पठाएपनि अहिले सम्म त्यसमा कूनै प्रगति नहूनू दूखद हो । पूलको निमार्ण सम्पन्न भएपनि (डिएलपी) ५वर्ष हूने हो यदि ठेकेदार कम्पनीले लापारवाही गरेको खण्डमा, कूनै डिफेक्ट भएमा ठेकेदार कम्पनीले नै ५वर्ष मरम्त गर्नू पर्ने इ.सजय ठाकूरले बताए । भूक्तानी गर्दा ५ प्रतिशत अफिसले रोकेर राखेको छ त्यसबाट नै कटा गरी हूलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयले नै मरम्मत गर्ने इन्जिनियर सजय ठाकूरले जानकारी गराएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्

























