पर्सा । जनमत पार्टीको जगरनाथपुर गापाको दोस्रो अघिवेशन शनिवार सम्पन्न भएको जनाइएको छ।
युवा नेता सुनिल मुखिया बिनको अघ्यक्षतामा सर्व सम्मतिबाट ४१ सदसिय गापा समिति गठन भएको जनमत पार्टीका मदेश प्रदेश सदस्य ब्रिजेश्वरप्रसाद चौधरीले बताए ।
पर्सा जिल्ला क्षेत्र न ४ को क्षेत्रिय सम्पर्क कार्यालय जगरनाथपुर गापा वडा नं ४ सुहपुरमा बसेको बैठकमा पर्सा जिल्ला कार्य समितिका जिल्ला उपाध्यक्ष अमरनाथ सिह राठौर, वीरगंज महानगर समितिका उपाध्यक्ष केदार पटेल, ठाकुर प्रसाद चौधरी, रामप्रताप महतो लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो।