काठमाडौँ — गहना कारोबारको मुख्य सिजन मानिने वैशाखमा सुनको गहना बिक्री घटेको छ। मूल्यमा आएको ठूलो उतारचढावका कारण ग्राहकको आकर्षण कम भएको व्यवसायीहरू बताउँछन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्ला वर्षमा वैशाख, माघ र फागुनमा दैनिक ४५–५० किलो सुन बिक्री हुन्थ्यो। तर, यो वर्ष वैशाखमा पनि व्यापार सुस्त रह्यो। कतिपयले पुरानो गहना मर्मत वा साटेर नयाँ बनाएका छन्।

विज्ञापन

अन्तर्राष्ट्रिय बजारको राजनीतिक तथा आर्थिक अस्थिरताले सुनको मूल्यमा भारी चाप परेको छ। वैशाख ९ मा प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको सुनको मूल्य वैशाख ३० मा झरेर १ लाख ८४ हजार ८ सयमा झर्‍यो। ५ दिनमै ७ हजार ४ सय रुपैयाँले घटेको हो।

व्यवसायीहरूका अनुसार मूल्य अझै घट्न सक्ने आशंका छ, जसले गहना खरिदमा अन्योलता थपेको छ। गहनामा ज्याला र जर्तीका नाममा अझै १२–१८% लागत थपिने हुँदा उपभोक्ताले वास्तविक मूल्यभन्दा धेरै तिर्नुपर्छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here