तस्विर : फाइल

काठमाडौँ — आईसीसी टी–२० महिला विश्वकप एसिया छनोटको सुपर थ्री चरण अन्तर्गत नेपालले आज आफ्नो पहिलो खेल खेल्दैछ। नेपाली समय अनुसार बिहान ८:४५ बजे थाइल्याण्डको बैंककस्थित तेर्डथाई क्रिकेट ग्राउन्डमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्नेछ।

सुपर थ्रीको पहिलो खेलमा थाइल्याण्डसँग पराजित भएको यूएईका लागि आजको खेल अन्तिम मौका हुनेछ। यदि नेपालसँग पराजित भयो भने यूएईको ग्लोबल छनोटमा पुग्ने सपना समाप्त हुनेछ।

विज्ञापन

नेपालका लागि पनि आजको खेल अत्यन्तै महत्वपूर्ण छ। जिते मात्र ग्लोबल छनोटमा पुग्ने ढोका खुल्नेछ, तर पराजित भए नेपाल प्रतियोगिताबाट बाहिरिनेछ।

थाइल्याण्ड भने सुपर थ्रीको दुई खेलअघि नै ग्लोबल छनोटमा स्थान सुरक्षित गरिसकेको छ। त्यसैले नेपाल र यूएई दुवैका लागि आजको भिडन्त ‘डु–अोर–डाइ’ अर्थात् जीवित रहने वा बाहिरिने निर्णायक खेल बनेको छ।

अंकतालिकामा यूएई हाल नेपालभन्दा अगाडि रहेकोले, नेपालको लागि आजको खेलमा जित आवश्यक मात्र नभई अनिवार्य बन्दै गएको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here