काठमाडौं — हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव सक्रिय रहेको छ भने बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाले समेत आंशिक प्रभाव देखाएको छ। यस प्रभावका कारण आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतः सफा देखि आंशिक बदली रहने अनुमान गरिएको छ।

मौसम पूर्वानुमान अनुसार देशका पहाडी क्षेत्रका थोरै स्थानहरूमा र अन्य भू-भागका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का देखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना समेत रहेको छ।

विज्ञापन

आज राति पनि मधेश, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतः सफा देखि आंशिक बदली रहनेछ। ती क्षेत्रहरूमा पनि केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ।

सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन र मौसम पूर्वानुमानमा अद्यावधिक जानकारीका लागि नियमित निगरानी गर्न मौसमविद्हरूले आग्रह गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here