जेरुसेलम (एजेन्सी) — इजरायली रक्षामन्त्री इजरायल कात्जले गाजामा हमासविरुद्ध ‘पूरै शक्ति’ प्रयोग गर्न इजरायली रक्षा बल (आईडीएफ) लाई निर्देशन दिएका छन्।

सामाजिक सञ्जाल एक्समा लेख्दै उनले भने, “मैले सेनालाई निर्देशन दिइसकेको छु, कुनै पनि कुराकानीबिना अब हमासका सबै क्षेत्रमा नष्ट गर्नका लागि अगाडि बढ्न।”

विज्ञापन

उनका अनुसार हमासलाई अन्त्य गर्न तथा आईडीएफ सैनिकको रक्षाका लागि हावा, जमिन र समुद्रमार्फत सबै सैन्य साधन प्रयोग गर्न आदेश दिइएको छ।

रक्षामन्त्री कात्जले सबै बन्धक रिहा नगरे हमासलाई पूर्ण रूपमा नष्ट गर्ने चेतावनी पनि दिएका छन्। यता, हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार सहायता वितरण केन्द्रमा भएको गोलाबारीमा ३१ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here