abhitak media
mausam

वीरगंज, १९ जेठ – मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो र राति देशभर आंशिकदेखि सामान्य बदली रहने जानकारी दिएको छ।

कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा तथा अन्य प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै, उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने जनाइएको छ।

विज्ञापन

महाशाखाका अनुसार हाल देशका पश्चिमी र मध्य भागहरूमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशमा मनसुनी वायुको प्रभाव देखिएको छ।

सावधानी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्, विशेषगरी पहाडी क्षेत्रमा यात्रारत वा कृषिमा संलग्न जनताले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here