वीरगंज, २१ जेठ — मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर आंशिकदेखि साधारण बदली रहने जनाइएको छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। उच्च–पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपात हुन सक्छ।

यसैगरी, रातिको समयमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारण बदली रहनेछ भने अन्य क्षेत्रहरूमा मौसम मुख्यतया सफा रहने जनाइएको छ। कोशी, मधेश र बागमतीका केही स्थानहरूमा र गण्डकी, लुम्बिनीका थोरै स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको छ।

विज्ञापन

मौसमी प्रणालीको विवरण अनुसार हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव देखिएको छ। महाशाखाले नदी नाला आसपास तथा पहिरो सम्भावित क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here