भारी वर्षा सम्भावना

वीरगंज, २७ जेठ — मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू-भागहरूमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहनेछ।

कोशी र लुम्बिनी प्रदेशका साथै अन्य पहाडी क्षेत्रमा केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै, देशका उच्च–पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना पनि रहेको छ।

विज्ञापन

यसैगरी, आज रातिसमेत कोशी, लुम्बिनी र गण्डकी प्रदेशसहित पहाडी भू-भागहरूमा बदली रहनेछ। ती क्षेत्रका केही स्थानहरूमा र अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च–पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा राति हल्का वर्षा वा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ।

मौसमी प्रणालीको हिसाबले हाल देशको पश्चिमी र मध्य भू-भागमा पश्चिमी तथा स्थानीय वायु सक्रिय रहेका छन् भने कोशी प्रदेशमा भने मनसुनी वायुको प्रभाव देखिएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here