वीरगंज, २८ जेठ — आज देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। दिउँसो देशका थोरै स्थानहरूमा मेघगर्जन तथा चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।
उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। विशेष गरी पश्चिम र मध्य भू-भागमा हाल पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव देखिएको छ। यसैगरी, कोशी प्रदेशका अधिकांश क्षेत्रमा मनसुनी वायुले प्रभाव जमाएको छ।
आज रातिसमेत देशभर आंशिकदेखि सामान्य बदली रहने र केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना कायम रहने उल्लेख गरिएको छ।
मौसममा आएको यो परिवर्तनले किसान, यात्रु तथा खुला स्थानमा कार्य गर्ने नागरिकहरूलाई सतर्क रहन मौसमविद्हरूले आग्रह गरेका छन्।

























