भारी वर्षा सम्भावना

वीरगंज, ३ असार — मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो र राति देशभर आंशिकदेखि साधारणतया बदलीका साथै सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको रहने जनाएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना औंल्याउँदै महाशाखाले सतर्क रहन आग्रह गरेको छ। यस्ता वर्षाले पहिरो, बाढी तथा दैनिक जनजीवनमा असर पुर्‍याउन सक्ने भएकाले सावधानी अपनाउन भनिएको छ।

विज्ञापन

यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ। बाँकी उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा पनि यस्तै मौसमी अवस्था रहनेछ।

आज राति पनि मौसम उस्तै रहने देखिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भू-भागमा मनसुनी वायुको प्रभाव सक्रिय छ भने देशको पश्चिमी भागमा पश्चिमी वायु र स्थानीय वायुले आंशिक प्रभाव जमाएको छ।

मौसम पूर्वानुमान महाशाखाले सम्भावित वर्षा र हिमपातका कारण यात्रा, कृषि र जनजीवनमा सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।

Do you li

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here