संयुक्त रूपमा ज्ञापन बुझाउँदै बिभिन्न दलका स्थानीय प्रतिनिधि। तस्वीर : सौजन्य

वीरगंज, ०६ असार – जगरनाथपुर गाउँपालिकाले प्रत्येक वर्ष गाउँसभा गापा कार्यालयको परिसरमा नगरी होटल तथा अन्य वडाहरुमा गर्दै आएकोप्रति प्रमुख राजनीतिक दलका प्रतिनिधिहरूले आपत्ति जनाएका छन्।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी र जसपा नेपाल लगायत बिभिन्न दलका स्थानीय प्रतिनिधिहरुले बिहीवार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव अनुपस्थि​त रहेकाले निमित्त स्वास्थ्य शाखा प्रमुख पर्मेन्दर साहलाई ज्ञापनपत्र बुझाउँदै गाउँसभा हुन गइरहेप्रति गम्भीर ध्यानाकर्षण गराएका हुन्।

विज्ञापन

ज्ञापनपत्रमा भनिएको छ, “स्थानीय तहको दोस्रो कार्यकालदेखि हालसम्म, गापा भवनमा गाउँसभा नगरी अन्यत्र गर्ने परिपाटी बस्दै गएकोप्रति हामी गम्भीर आपत्ति जनाउँछौं।”

उनीहरूले योजना सङ्कलन प्रक्रियामा समेत अनियमितता भएको आरोप लगाएका छन्। “प्रत्येक टोलबाट योजना सङ्कलन गरी सर्वदलीय बैठक र वडा समितिको निर्णयअनुसार योजना पेश गर्नुपर्ने प्रावधान हुँदाहुँदै पनि गाउँपालिकाले मनोमानीरूपमा गाउँसभा सञ्चालन गर्दै आएको देखिएको छ,” ज्ञापनपत्रमा उल्लेख छ।

ज्ञापनमा उल्लेख भएअनुसार यदि आगामी आर्थिक वर्ष २०८२/८३ को गाउँसभा समेत सोही ढंगले गरिएको खण्डमा उनीहरूले कानुनी उपचार खोज्ने चेतावनी दिएका छन्।

संयुक्त रूपमा ज्ञापन बुझाउनेहरूमा नेकपा एमालेका हिरासाह गोंढ, माओवादी केन्द्रका सरिफ गदी, जनमत पार्टीका सुनिलकुमार मुखिया र जसपा नेपालका अब्दुल गफ्फुर मियाँ तथा जनमतका नेता बृजेश्वरप्रसाद चौधरी लगायत स्थानीय प्रतिनिधिहरु ​उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here